हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीना कुमारी लामाले हेटौँडाका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी छन्।सोमबार शपथग्रहण पश्चात कार्यभार सम्हाल्दै मेयर लामाले हेटौँडा उपमहानगरभित्र बसोबास गर्ने अति विपन्न परिवारमध्ये एक हजार ५ सय ४१ परिवारको पहिलो चरणमा स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी हुन्।उनले अति विपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने पनि बताएकी छन्।त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हाँसिल गर्नबाट