काठमाडौँ। निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिएका थिए। यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ।