तनहुँका १० पालिकामध्ये २ पालिका कोरोनामुक्त बनेका छन् ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।
तनहुँमा हाल २८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ८, भिमाद नगरपालिकमा ३, भानु नगरपालिकमा ३, ऋषिङ गाउँपालिकामा २, घिरिङ र बन्दीपुरमा १/१ जना कोरोना संक्रमित रहेका छन् । ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
तन...