डिभिजन वनमा कर्मचारी अभाव

डिभिजन वन कार्यालय र मातहतका सबडिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ । पर्याप्त कर्मचारी नहुँदा फिल्डदेखि दैनिक कार्यसम्पादनमा समस्या परेको कर्मचारी बताउँछन् । एउटा डिभिजन र ६ सबडिभिजन वन कार्यालय रहेको जिल्लामा ४५ जनाको दरबन्दी रहेकोमा २३ कर्मचारी मात्रै छन् ।