विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से भवनमा बसेको दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्नुका साथै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो। कांग्रेसले यो निर्णय यसअघि चैत २१ गते नै गरिसकेको छ। त्यही निर्णयलाई आज अनुमोदन गरेको हो।