उदयपुरमा ‘ए डिभिजन लिग फुटबल प्रतियोगिता ०७८’सुरु भएको छ। सदरमुकाम गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सुरु भएको प्रतियोगिता आउँदो २३ गतेसम्म सञ्चालन हुने छ।...
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …
काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ । हिजो भएको छलफलमा पुस २६ गतेदेखि लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ ।
यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँले वृद्धि गरेको छ । एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । क्लबक...
काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको 'ए' डिभिजन लिग आज सकिएको हो ।
लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो।
लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ ...
रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लामा फुटबलको गतिविधि न्यून हुँदै गइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गरिएको सङ्घका […]
चितवन, १९ पुस: चितवन डिष्ट्रिक ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् । सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी […]
अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ । कतार एयरवेजले अघिल्लो …