दीपेन्द्रको घातक बलिङसँगै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । पुलिसले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो । […]