युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले बजेट अभावमा १३औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित कुनै पनि खेलकुदको भौतिक संरचनाको निर्माणकार्य नरोकिने दाबी गरेका छन् । पोखरा रंगशालामा निर्माण हुँदै गरेका विभिन्न खेल पूर्वाधार निर्माणको अवलोकन गर्दै मन्त्री विश्वकर्माले बजेट अभावका कारणले गर्दा साग लक्षित कुनै पनि खेल पूर्वाधार निर्माणमा प्रभाव नपर्ने दाबी गरेका हुन् ।
पोखरा रंगशालामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री विश्वकर्माले मंसिर १० देखि २४ गतेसम्म नेपालमा साग हुनु नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएकाले उक्त गेम्स निर्धारित मितिमा हुने र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काम तीव्र गतिका साथ काठमाडौं र पोखरामा भइरहेको जनाए ।