जलवायु परिवर्तनको चपेटामा हिमाल

अहिलेसम्म २५ वटा हिमताल विस्फोटको घटना बेहोरेको नेपाल पछिल्लो समय झन् ठूलो जोखिममा छ । अर्बौंको लगानी गरेका विकास परियोजना हिमताल विस्फोटले प्रभावित हुन थालेका छन् । उदाहरणको रूपमा सन् २०२१ को जून महिनामा आएको मेलम्ची बाढीलाई नै लिन सकिन्छ ।