चितवनमा ३ हजार बंगुर मरे

देशकै ठूलो फार्म मानिएको कन्दङ्वाको खोरमा १ हजार ३ सयको हाराहारीमा बंगुर हुन्थे। आजभोलि भने उनको खोर खाली छ।...

सम्बन्धित सामग्री

स्वाइनफ्लुबाट चितवनमा ७ करोडको क्षति, एकै किसानको ४ करोडका बंगुर मरे !

चितवन । गत आर्थिक वर्ष (आव) ०७८/०७९ मा चितवनमा स्वाइनफ्लुबाट झण्डै सात करोड रुपैयाँको क्षति भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, चितवनको तथ्याङ्कअनुसार ११ ओटा फार्मका तीन हजार तीन सय १२ बंगुर मर्दा ६ करोड ९७ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।  पशु चिकित्सक डा. रामचन्द्र आचार्यले गत आवमा चितवनका बंगुरपालन किसानले स्वाइनफ्लु संक्रमणबाट ठूलो क्षति बेहोर्नुपरेको बताए । स्वाइनफ्लुको प्रकोपबाट बंगुर मर्न थालेपछि ती खोरमा तत्कालै नयांँ पाठा राख्न नदिएको उनको भनाइ छ । खोर पूर्णरूपमा निर्मलीकरण भएपछि मात्रै किसानले बंगुरका पाठा राख्न थालेको उनले बताए ।  डा. आर्चायका अनुसार एकपटक संक्रमण देखिएको खोरमा पनि एक हजार दिनसम्म संक्रमण हुन सक्ने देखिन्छ । त्यसपछि मात्रै पशुपंक्षी राख्न सकिने उनले बताए ।  ‘अफ्रिकन स्वाइन फिभर’ नामक सरूवा भाइरसका कारण चितवनका व्यावसायिक बंगुरपालक किसानको खोर नै रित्तिएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, भरतपुरको तथ्याङ्कअनुसार चितवनमा २०७९ साउन ८ गते पहिलोपटक यो रोग देखा परेको थियो । त्यसयता संक्रमण फैलिने क्रम नरोकिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रकी प्राविधिक सजना राईले पछिल्लो समय गत जेठ १० मा भरतपुर–१, ठिमुराको एउटा फार्ममा यो समस्या देखापरेको बताइन्, उक्त फार्ममा ४६ ओटा बंगुर मरेका थिए ।  उनका अनुसार संक्रमण फैलिएको फार्ममा ७५ प्रतिशतसम्म बंगुर मरेका छन् । ‘एउटा खोरमा सङ्क्रमण फैलिइसकेपछि त्यसलाई निःसङ्क्रमण बनाएर पनि तीन महिनासम्म त्यही खोर पुनःप्रयोग गर्न नमिल्ने देखिन्छ,’ उनले भनिन् ।  चितवनमा सबैभन्दा ठूलो क्षति किसान नरेन्द्रकुमार कन्दङ्वा लिम्बूको अफ्रिकन स्वाइन फिभरबाट एक हजार दुई सय ५० बंगुर मरेका थिए । उनको फार्ममा मात्रै करीब चार करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उनको भनाइ छ । किसानको समस्याबारे सरकारले राहत उपलब्ध गराउने भएपछि जिल्लामा ११ ओटै फर्मबाट आवेदन परेको थियो । ती सबै फर्मको क्षति विवरण मन्त्रालयमा पठाइसकिएकाले राहत रकम पाउने प्रक्रिया शुुरू भइसकेको केन्द्रले जनाएको छ ।

स्वाईनफ्लुबाट  बंगुरपालन किसानको एक वर्षमा सात करोडको क्षति

चितवन । चितवनमा गत आर्थिक बर्ष ०७८, ०७९ मा स्वाईनफ्लु रोगबाट चितवनका बंगुरपालन किसानको झण्डै सात करोडको क्षति भएको छ ।  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनको तथ्याङ्कअनुसार ११ वटा फार्मका ३ हजार ३१२ बंगुर मर्दा ६ करोड ९७ लाख ६९ हजार रूपैयाँबराबरको क्षति भएको हो ।  पशु चिकित्सक डा. रामचन्द्र आचार्यले गतबर्ष चितवनका बंगुरपालन किसानले स्वाईनफ्लु संक्रमणबाट ठूलो क्षति बेहोर्नु परेको बताए । स्वाईनफ्लुको प्रकोपबाट बंगुर मर्न थालेपछि ती खोरमा तत्कालै  नयांँ पाठा राख्न नदिएको उनको भनाई छ । खोर पूर्णरुपमा निर्मलीकरण भएपश्चात मात्र बंगुरका पाठा किसानले राख्न थालेका छन ।  डा.आर्चायका अनुसार एकपटक सङ्क्रमित भइसकेको खोरमा पनि एक हजार दिनसम्म सङ्क्रमण हुन सक्ने देखिन्छ । त्यसपछि मात्रै पशुपंक्षी राख्न सकिने उनले बताए । ‘अफ्रिकन स्वाइन फिभर’ नामक सरूवा भाइरसका कारण चितवनका व्यावसायिक बंगुरपालक किसानको खोर नै रित्तिएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरसँग तथ्याङ्कअनुसार चितवनमा २०७९ को साउन ८ गते पहिलोपटक यो रोग देखा परेको थियो । त्यसयता सङ्क्रमण फैलिने क्रम नरोकिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रकी प्राविधिक सजना राईले पछिल्लो समय गएको जेठ १० गते भरतपुर–१, ठिमुराको एउटा फार्ममा यो समस्या देखा बताईन  । जहाँ ४६ वटा बंगुर मरेका  थिए ।सङ्क्रमण देखिएपछि हालसम्मको तथ्याङ्क हेर्दा चितवनमा तीन हजार तीन सय १२ वटा बंगुर अफ्रिकन स्वाइन फिभर नामक सङ्क्रामक भाइरसकै कारण मरेका छन् ।  उनका अनुसार सङ्क्रमण फैलिएको फार्ममा ७५ प्रतिशतसम्म बंगुर मरेका छन् ।  ‘एउटा खोरमा सङ्क्रमण फैलिइसकेपछि त्यसलाई निःसङ्क्रमण बनाएर पनि तीन महिनासम्म त्यही खोर पुनः प्रयोग गर्न नमिल्ने देखिन्छ’, उनले भनिन ।  चितवनमा सबैभन्दा ठूलो क्षति किसान नरेन्द्रकुमार कन्दङ्वा लिम्बूको  अफ्रिकन स्वाइन फिभरबाट एक हजार दुई सय ५० बंगुर मरेका थिए । उनको फार्ममा मात्रै करिब चार करोड रूपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उनको भनाई छ  । किसानको समस्याबारे सरकारले राहत उपलब्ध गराउने भएपछि जिल्लामा ११ वटै फर्मबाट आवेदन परेको थियो । ती सबै फर्मको क्षति विवरण मन्त्रालयमा पठाइसकिएको हुँदा राहत रकम पाउने प्रक्रिया सुरू भइसकेको विज्ञ केन्द्रले  जनाएको छ  ।

बाघको आक्रमणबाट एकजना घाइते, भैंसी र बंगुर मरे

चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन् । बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ । खेतमा तरकारी टिप्न गाएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ । बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन ।आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका–१ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङलाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घा

खेतमा तरकारी टिप्न जाँदा बाघको आक्रमणः एक व्यक्ति घाइते, मरे भैंसी र बंगुर

काठमाडौँ–चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन्। बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ। खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ। बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन। आज बिहान […]

चितवनमा बाघको आक्रमणबाट एक घाइते

पूर्वी चितवनको पिप्लेमा गाउँ छिरेको बाघले आक्रमण गर्दा शुक्रबार बिहान एकजना स्थनीय घाइते भएका छन् । बाघले एउटा भैसी दुईवटा बंगुर मारेको र एउटा गाई घाइते बनाएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाघको आक्रमणमा परेर राप्ती नगरपालिका–१ पिप्ले डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर वाइबा तामाङ घाइते भएका छन् ।

चितवनमा बाघको आक्रमणबाट एक घाइते

पूर्वी चितवनको पिप्लेमा गाउँ छिरेको बाघले आक्रमण गर्दा शुक्रबार बिहान एकजना स्थनीय घाइते भएका छन् । बाघले एउटा भैसी दुईवटा बंगुर मारेको र एउटा गाई घाइते बनाएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाघको आक्रमणमा परेर राप्ती नगरपालिका–१ पिप्ले डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर वाइबा तामाङ घाइते भएका छन् ।

चितवनमा खोरेतका कारण १ सय गाईंभैसी र ९ सय बंगुर मरेको अनुमान

खैरहनी नगरपालिका वडा नम्बर ५, दुर्गामन्दिर टोलकी गीता चौलागाईँ पशुचिकित्सकको टोली औषधि सहित घरमा आउँदा छक्कै परिन्। उनको गोठमा रहेको तीन वटा मध्ये दुईवटा गाईको मुख तथा गिजामा पानी पोका...

खोलाले बगाएर चितवनमा दुई जनाको मृत्यु

चितवनमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । खुरखुरेबाट बंगुर चराएर फर्कंदा पम्पाल खोलाले बगाएर राप्ति नगरपालिका ८ की गुमनकुमारी राना मगरको मृत्यु भएको छ ।