यसरी भयो राष्ट्र बैंकबाटै अर्बौ कोषको दुरुपयोग

नियम विपरित राष्ट्र बैंकबाटै मनलाग्दी कोषको दुरुपयोग भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०७६/७७ मा नियम विपरित अतिरिक्त भत्ताबापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ खर्च भएको भेटिएको हो ।२०७५ बैशाख २३ गते जारी सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिका, २०७५ को बुँदा २६ ले सबै सरकारी निकायले प्रदान गर्ने महँगी भत्ता, लुगा भत्ता र स्थानीय भत्ताबाहेक अन्य सबै प्रकारका भत्ता खारेज गरेको छ । तर नेपाल राष्ट्र बैंकले सो निर्देशिका विपर