निषेधाज्ञाको फाइदा उठाउँदै अवैध धान बिउको धन्दा

कोरोनाको महामारीलाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै धानको बिउमा अवैध धन्दा भइरहेको भेटिएको छ।

सम्बन्धित सामग्री

खाद्य कम्पनीद्वारा समर्थन मूल्यमा धान किन्न ढिलाइ

काठमाडौं । सरकारले तोकेको समर्थन मूल्यमा धान किन्ने जिम्मा पाएको सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समर्थन मूल्यमा धान किन्न ढिला गरेको छ । धान किन्न बजेट स्वीकृत हुन ढिलो भएपछि समर्थन मूल्यमा धान किन्न ढिलाइ भएको हो । चालू आर्थिक वर्षका लागि खाद्यले ३० हजार मेट्रिकटन धान किन्ने लक्ष्य राखेको भए पनि बजेट स्वीकृत नभएको कारण देखाउँदै समयमै धान किन्न शुरू गर्न नसक्दा बाढीबाट प्रभावित किसान झनै मर्कामा परेका छन् । खाद्यले धान किन्न ढिलाइ गरेपछि अधिकांश किसानले हिउँदे बालीका लागि रासायनिक मलको जोहो गर्न स्थानीय व्यापारीलाई समर्थन मूल्यभन्दा कम मूल्यमा धान विक्री बाध्य छन् । सरकारले चालू आर्थिक वर्षका लागि मोटा धान प्रतिक्वीन्टल २७ सय २५ र मध्यम धानको प्रतिक्वीन्टल २९ सय २ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारी कम्पनीको उदासीनताका कारण समर्थन मूल्यमा धान किन्न ढिलाइ भएपछि व्यापारीहरूले त्यसको फाइदा उठाउँदै किसानसँग मनपरी रूपमा कम मूल्यमा धान किन्न थालेका हुन् । यतिबेला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देहीलगायत अधिकांश जिल्लाका किसान समर्थन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका हुन् । बर्दियाको राजापुरस्थित खाद्य कम्पनीको मुख्य शाखा कार्यालयमा यतिबेला धान किन्ने बारेमा कुनै सुरसार छैन । तर, शाखा बाहिर व्यापारीहरूले किसानसँग प्रतिक्वीन्टल १८ सय देखि २५ सय रुपैयाँसम्ममा धान किनिरहेको राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार व्यापारीहरूले बाढीका कारण धान भिजेको भन्दै किसानसँग समर्थन मूल्यभन्दा आधा कम मूल्यमा धान किनिरहेका छन् । ‘सरकारको काम समर्थन मूल्य तोक्ने मात्र होइन, समयमै धान किन्न पनि शुरू गर्नुपर्‍यो । किसानले रगत पसिना बगाएर उब्जाएको धानको उचित मूल्य नपाउनु दुखद कुरा हो । यसप्रति चाँडो सम्बद्ध निकायको ध्यान जानु आवश्यक छ,’ उनले भने । खाद्य कम्पनीले भने धान किन्न कहिलेदेखि शुरू हुन्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिएको छ । खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले धान किन्न कहिलेदेखि शुरू हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताइन् । बजेट स्वीकृत नहुनु त एकातिर छँदै छ अर्कातिर कुन स्तरको धान किन्ने भन्ने बारेमा समेत मापदण्ड तयार भइनसकेको उनले बताइन् । उनका अनुसार खाद्यले धान किनेपछि चामल उत्पादन गरेर लामो समय मौज्दात राख्ने र विस्तारै विक्री गर्दै जाने भएकाले अन्तरराष्ट्रिय मापदण्डअनुसार धानको स्तर परीक्षण गरेर मात्र धान किन्न शुरू हुन्छ । खाद्यले १८ प्रतिशतसम्म चिस्यान भएको धान मात्र किन्ने गर्छ । ‘यद्यपि यस वर्ष बेमौसमी वर्षात्का कारण धान बिग्रिएकाले हाम्रो मापदण्डअनुरूपको धान बजारमा आउँछ आउँदैन भन्ने पनि डर छ,’ उनले भनिन् । खाद्यले कहिलेदेखि धान किन्न शुरू गर्छ भन्ने यकिन नभए पनि जतिसक्दो चाँडो किन्न शुरू गर्नका लागि प्रयास भइरहेको उनको दाबी छ ।

आधा मूल्यमा धान बिक्री

हिउँदे बाली लगाउने किसानलाई अहिले मल किन्न धान बिक्री गर्ने हतारो भएको छ । यता व्यवसायीहरूले यसैको फाइदा उठाउँदै मनपर्दी मूल्यमा धान खरिद गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले तोकेको धानको समर्थन मूल्यभन्दा करिब आधा मूल्यमा व्यवसायीले धान किनिरहेको किसानको गुनासो छ ।