बागमती प्रदेशको मनसुन पूर्वतयारी कार्ययोजना तयार

असारको अन्तिम साता आइपुग्दा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० तयार गरेको छ । बागमती प्रदेशको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हो ।