विवाह,भोज–भतेरको जमघटले सङ्क्रमण फैलियो, एउटै वडामा ७० सङ्क्रमित

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । थाहा–३ मा  सङ्क्रमण दर पनि उच्च रहेको छ । यहाँ १०२ मा परीक्षण गरिएका