हमास र इजरायलबीच जारी द्वन्द्वका बीच राफा क्रसिङ बोर्डर खुला गरिएको छ। बोर्डर खुल्ला भएसंगै औषधि र खाद्य सामग्री बोकेका २० ओटा ट्रक इजिप्टबाट गाजा पट्टीको लागि छुटेका छन्।इजरायली घेराबन्दी क्षेत्रमा खाद्यान्न, औषधि र पानीको अभावमा परेका प्यालेस्टिनीहरूलाई राफा क्रसिङ बोर्डर खुलेसंगै निश्चित रूपमा केही सहयोग पुग्ने विश्वास गरिएको छ।प्यालेस्टिनी समूह हमासले एक विज्ञप्ति जारी गर्दै औषधि र खाद्य सामग्री बोकेका ट्रकहरू इजिप्टबाट गाजा पट्टीको लागि प्रस्थान गरेको जनाएको छ।अहिले पनि करिब ३ हजार टन