टी २० विश्वकप : अस्ट्रेलियाको टप अर्डरलाई अफ्रिदीको त्रास

युएई र ओमानमा जारी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पाकिस्तान सन् २००९ को विजेता हो । यता, सर्वाधिक ५ पटकको एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले टी २० फम्र्याटको उपाधि एकपटक पनि जित्न सकेको छैन । उसको उत्कृष्ट प्रदर्शन भनेकै २०१० को फाइनल हो, त्यतिबेला इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो । अस्ट्रेलियाका कप्तान आरोन फिन्च आफ्नो टिमले जित हासिल गर्नका लागि सुरुवाती ओभरम