वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश भई पारित हुने ठोकुवा गरेका छन् । शुक्रबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले प्रस्तावको पक्षमा आवश्यक मत पुग्ने बताउँदै भने,‘आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा लागि निर्णायार्थ पेश हुन्छ र पारित पनि हुन्छ ।’ प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने दाबी गर्दै…