सिद्धबाबा सुरुङ मार्ग: खटिन्छन् दैनिक डेढ सय नेपाली र चिनियाँ प्राविधिक

तराईबाट पहाड भित्रिन प्रयोग हुने यो खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पाको तिनाउ गाउँपालिका- ३ मा १.१२६ किलोमिटर लम्बाइको सुरुङ मार्ग निर्माण चालू छ । कुनै विघ्न बाधा र अवरोध नभए र यही गतिमा काम अगाडि बढे अबको ४ वर्षमा सिद्धबाबा सुरुङ मार्ग तयार हुने आयोजनाको दाबी छ ।