स्थानीय निर्वाचन निर्धारित समयमै हुन्छ : कांग्रेस महामन्त्री शर्मा

संखुवासभा : स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्। संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनले मंगलबार गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले स्थानीय तहको निर्वाचन निर्धारित समय वैशाख ३० मै हुनेमा ढुक्क हुन आग्रह गरे।फरक प्रसंगमा उनले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहने केन्द्रीय समितिले निर्णय गर्ने बताए। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउ