वीर अस्पतालमा प्रत्यारोपणका लागि अयोग्य मिर्गौला झिकिएको विषयमा पीडित पक्षले मन्त्रीस्तरीय छानबिन समिति गठनको माग गरेका छन् । धादिङ गल्छी गाउँपालिकाकी ३२ वर्षीया चमेली गैरेलाई उनकी ५८ वर्षीया सासू मिर्गौला दिन तयार भएपछि प्रत्यारोपण गर्न कात्तिक १ मा सासूको मिर्गौला निकालिएको थियो ।