जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित थप एकजना प्रदेश सांसद सोही पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।महोत्तरी निर्वाचन क्षेत्र ३ (ख) बाट राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद रानी शर्मा तिवारीले लोसपा रोजेकी हुन् । उनले आइतबार प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेकी हुन् ।महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी जसपाका दोस्रो प्रदेश सांसद हुन् । यसअघि पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित