विद्युतीय चुलोकाे प्रयोग बढ्दै

गलकोट – बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस-युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए ।  खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण  आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । ‘ग्यासको […]

सम्बन्धित सामग्री

विद्युतीय चुलोले ओगट्यो नेपालीको भान्सा, ग्यासको विकल्पमा विद्युतीय चुलो

प्रविधिको विकास र सुविधाको चहानाले हिजोआज भान्साकोठामा ग्यास चुलोसँगै विद्युतीय चुलो (इन्डक्सन) समेत प्रयोगमा आउन थालेको छ । पछिल्लो समय ग्यासको विकल्पको रुपमा सस्तो मानिएको विद्युतीय चुलो प्रगोग बढेको छ । ग्रामीण क्षेत्रमा समेत दाउरा र ग्यासको विकल्पको रुपमा विद्युतीय चुलोको प्रयोग बढ्न थालेको छ । विद्युत बढी भएर लोडसेडिङ कम भएसँगै हाल मानिसले विद्युतीय […]

विद्युतीय चुल्होको प्रयोग बढाउन विज्ञको सुझाव

काठमाडौँ – नेपालीको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञले जोड दिएका छन्। एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ। नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) […]

बागलुङमा बढ्दै विद्युतीय चुलो

गलकोट, २८ भदौ । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उनले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए । खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् […]

बागलुङमा बढ्दै विद्युतीय चुलो

बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उनले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरिन् ।खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण  आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । “ग्यासको मूल्य एक हजार तीन सय थियो, विद्युतीय चुलोका विषयमा सोचेकै थिइन, जब रुस–युक्रेन युद्धका कारण ग्यासको मूल्यमा निरन्तर उकालो लाग्

अब सशस्त्र प्रहरीकाे ब्यारेकमा विद्युतीय चुलो

काठमाण्डाै – सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रवार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलको तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले एमओयूमा हस्ताक्षर गर्नुभएको छ । सशस्त्र प्रहरीका ब्यारेकहरूमा सञ्चालित मेसहरूमा भइरहेको एलपी ग्यासको प्रयोगलाई विस्थापित गर्न क्रमिक रूपमा इन्डक्शन चुलो प्रयोग गरिने छ । प्राधिकरणले इन्डक्शन चुलो प्रयोगका लागि विद्युत् पोल थप गर्ने, ठूला क्षमता...

सशस्त्र प्रहरीले ग्याँस हटाएर इन्डक्सन जोड्ने, १७ चार्जिङ स्टेसन पनि खोल्दै

९ भदौ काठमाडौं। सशस्त्र प्रहरी बलले ब्यारेकहरुमा सञ्चालित मेसहरुमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्ने भएको छ । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो (इन्डक्सन) प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट […]

विद्युतीय चुलोलाई नै बिजुली संकट, बजारमा बढेन माग

१८ साउन, काठमाडौं । गत वर्ष नेपाली बजारमा इन्डक्सन/ इन्फ्रारेड चुलोको मागको वृद्धिदर उत्साहजनक रहेन । विद्युतीय चुलो प्रयोग बढाउने सरकारी योजना गफमै सीमित रहेको त्यसले देखायो । सरकारले विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरिरहे पनि विद्युत् वितरण प्रणालीमा रहेको समस्या समाधान नहुँदा नेपालमा इन्डक्सन आयात अघिल्लो वर्षकोभन्दा सामान्य मात्रै वृद्धि भएको व्यापारीहरुले बताएका छन् […]

ग्यास बिस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ ।कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जा मन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।  ‘विद्युत आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नु पर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नु पर्छ ।’उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले विगतमा वत्ति बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरे। उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताए । उनले भने,‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, वर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत भारत निर्यात गर्न थालेका छौं, थप विद्युत निर्यातका लागि भइरहेका पहल सकारात्मक रुपमा अगाडि बढिरहेको छ ।’विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ । जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा वत्ति बाल्न सकिन्छ ।सबस्टेसनबाट विद्युत आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा झनै सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।सबस्टेसन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि  वाइबा इन्फ्राटेक प्रा.लि.सँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।रुकुम पश्चिममा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका सबैमा विद्युत पुगेको छ । सबै वडाहरुमा भने विद्युत पुगेको छैन । पालिकाहरुको वडा संख्या ७३ रहेकोमा ५२ वटा वडामा विद्युत पुगेको छ । राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।

सेयरधनीलाई बोनस होइन, विद्युतीय चुलो बाडौँ : ऊर्जामन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुलोको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छन्। ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुलोको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिन्। 'सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण शेयर सदस्यलाई विद्युतीय चुलो खरिद

विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनमा जोड दिँदै सरकार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए।उनले भने, ‘हामीले किन यो ग्यासको चुलो बाल्ने ? हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्छौँ। हाम्रो चुल