हामीले कलम चलाउन सिक्यौं, सरकार न्यायको कलम कहिले चलाउँछौ?

काठमाडौं : नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा आएकी सकिना तेलीले आफ्नो नाम कापीमा लेखिन्, ‘सकिना तेली' अनि पंक्तिकारतिर पुलुक्क हेरिन्। उनको अनुहारले भन्थ्यो, 'देखिस्! मैले मेरो नाम लेख्न जानिसकेँ। अब मलाई कसैले झुक्याउन सक्दैन।’यतिखेर राजधानी सहर काठमाडौं चिसोले कठ्याङ्ग्रिएको छ। कठ्याङ्ग्रिएको राजधानीको मुटुमा छन् निर्मला कुर्मीको न्यायका लागि लडिरहेका महिलाहरू। बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि महिला अधिकारकर्मी र

सम्बन्धित सामग्री

निष्पक्ष पत्रकारिताका लागि थप जिम्मेवार हुनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने गरी कलम चलाउन कांग्रेस पार्टीप्रति शुभेच्छुक प्रेस युनियनमा आबद्ध पत्रकारलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार छिट्टै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा लाग्ने बताए ।प्रजातन्त्रका लागि भएका हरेक […]

सरकार गलत बाटो हिँडे सशक्त रुपमा कलम चलाउनुहोस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले वर्तमान सरकार र आफूसहित अन्य मन्त्रिले गलत काम गरे त्यस विरुद्ध सशक्त कलम चालउन पत्रकारलाई आग्रह गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै...

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो – प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।      “देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”      अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा ः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।