सोह्रखुट्टे वृत्तको जिम्मेवारी डिएसपी विष्टलाई

काठमाडौं । महानगरीय प्रहरी वृत सोह्रखुट्टेको कमाण्ड गर्ने जिम्मेवारी डिएसपी प्रमेश विष्टलाई दिइएको छ । त्यहाँ कार्यरत डिएसपी दिपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फिर्ता बोलाएपछि सो स्थान खाली थियो । सोह्रखुट्टे वृत्तको कमाण्ड गर्नेगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी विष्टलाई पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए । ठमेल क्षेत्रका रात्रि ब्यवसाय विहानसम्म खोल्न दिएको आरोपमा महानगरीय प्रहरी कार्य