सर्वाेच्चमा नौ महिनादेखि कायममुकायम : प्रधानन्यायाधीश सिफारिस र सर्वोच्चमा न्यायाधीश नियुक्ति चुनावपछि मात्र
त्रुटि संवैधानिक परिषद्को हो : बलराम केसी, सर्वोच्चका पूर्वन्यायाधीश
न्यायपरिषद् वा संवैधानिक परिषद्ले सिफारिस गरेर मात्र भएन । संसदीय सुनुवाइ भएपछि मात्र नियुक्ति हुने, हाललाई साबिक पदमै कायम रहनेछन् भनेर निर्णयमै उल्लेख गर्नुपर्ने...
प्रधानन्यायाधीश सिफारिस तथा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया निष्कर्षमा पु-याउन माग गर्दै नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बार पदाधिकारी टोलीले ध्यानाकर्षण गराएको हो । प्रधानन्यायाधीश कार्कीले साउन १९ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक व्यवस्था अनुसार तत्काल प्रधानन्यायाधीश सिफारिसको बारले आग्रह गरेको हो । साथै सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस र मातहतका अदालतमा नियुक्तिका लागि पनि बारले ध्यानाकर्षण गराएको छ ।