नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज सोमबार कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा केही खुम्चिँदै १.१५ अंक बढेर बन्द भएको हो । आज परिसूचक २८ अंकसम्म बढेको थियो ।यसक्रममा आज ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा आज ५ समूहमा सुधार आएको छ । उत्पादनमूलक समूह १०९ अंकले बढ्दा व्यापार समूह ७६ अंकले बढेको छ ।यस्तै, बैंकिङ समूह ५ अंकले बढेको दिन लगानी समूह ०.५३ अंकले बढेको छ । यी बाहे