आधारभूत अस्पताल निर्माणमा अर्थमन्त्री डा महत बाधक, ९८ वटा पालिकाका निर्माणाधीन भवनको काम रोकिने

स्वास्थ्य मन्त्रालयले ९८ वटा स्थानीय तहमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता गरी तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपैयाँ रकम खर्च भइसकेको अवस्थामा थप रकम आवश्यक पर्ने भन्दै अर्थसँग बजेट सुनिश्चितताको माग गरेको थियो। तर अर्थले  'रितपूर्वक अनुरोध प्राप्त' नभएको भन्दै उक्त प्रस्तावमा सहमति प्रदान गर्न नसक्ने पत्र पठाएपछि भवन निर्माणको काम प्रभावित हुन देखिएको हो।