आठ महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासीका विपिन जोशीका परिवार बिहानैदेखि प्रतिक्षामा थियो । वरिपरि सुरक्षाकर्मीदेखि आफन्तहरू घरमा आउँदै थिए । जब साँझ पर्दै गयो । नेपालका लागि इजरायली राजदूत खनान गोडेर र सेडट नेगेव विश्वविद्यालयका अध्यक्ष हैम सेक्ड आँगनमा पुगे । विपिनका बुवा महानन्द जोशीले दुवैलाई स्वागत गरेर र गोडेरलाई आँगालो हाल्दै रोए ।