दसैंअघिदेखि नै बजारमा चिनीको कृत्रिम अभाव देखाई व्यवसायीले महँगोमा बेच्ने गरी च्याँखे दाउ छोपिरहेका छन् । यहाँका अक्सर खुद्रा पसलमा चिनी नै पाइँदैन, पाइहाले पनि छोइनसक्नु महँगो छ । पौने एक घण्टा लाइन बसेर शुक्रबार दुई किलो चिनी हात परेपछि काठमाडौंको डल्लु बस्ने रामेछापकी नीरमाया श्रेष्ठको अनुहारमा जितको खुसी देखिन्थ्यो, कुनै युद्ध नै जिते जस्तो ।