नेपाली कांग्रेसको दशौं महाधिवेशनमा महामन्त्रीका लागि चर्चित नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको संशोधित विधानअनुसार यस पटकदेखि दुई महामन्त्री महाधिवेशनबाट निर्वाचित हुनेछन् । यसअघि एक महामन्त्री मनोनयन गर्ने व्यवस्था थियो ।
नेपाली कांग्रेसको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका केन्द्रीय सदस्य शर्माले बिहीवार उम्मेदवारी घोषणा गरेका हुन् ।
बीपी स्मृति संग्रहालय सुन्दरीजलमा कांग्रेस संस्थापक बीपी कोइरालाको १०८ औं जन्म जयन्तीको अवसर पारेर शर्माले उम्मेदवारीको घोषणा गरेका हुन् ।&nb...