चीन र इन्डोनेसिया मिलेर अस्ट्रेलिया नजिकको जलक्षेत्रमा युद्धाभ्यास गरेका छन् । त्यस क्रममा गाइडेड मिसाइल फ्रिगेटका साथ आक्रमण, खोजी तथा उद्धार कारवाही र सञ्चारसम्बन्धी अभ्यास गरिएको हो । अस्ट्रेलियाले ताइवानका विषयमा निहुँ खोजिरहेकाले बेइजिङले अस्ट्रेलियाको रणनीतिक तारोहरूमा लामो दूरीको आक्रमण गर्नुपर्ने भनी चिनियाँ पत्रिकाले अभ्यासको भोलिपल्ट चेतावनी दिएको थियो । विगत एक वर्षदेखि अस्ट्रेलिया र चीनको सम्बन्ध निकै बिग्रेको छ । कोरोनाभाइरसको उत्पत्तिका विषयमा विश्वव्यापी जाँचबुझ गर्नुपर्ने भनी अस्ट्रेलियाले माग गरेपछि च...