नक्कली बैंक ग्यारेन्टी बनाउने शाखा प्रवन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी./टौदह/फस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं

सम्बन्धित सामग्री

निर्माण ठेक्कामा बैंक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नपा भवन निर्माणको ठेक्का लिएको लोकवीर बेताली÷पाँचकुमारी जेभीका अनिल गुप्ता र शिवनन्दन पासवानसँगै नेपाल बैंक लिमिटेड मलङ्गवा शाखा सर्लाहीका ऋण सहायक सन्तोषविक्रम शाहविरुद्ध […]

नक्कली बैंक ग्यारेन्टी लिएर ठेकदारलाई भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२६ चैत, काठमाडौं । नक्कली बैंक ग्यारेन्टीका आधारमा ठेकदारलाई मोविलाइजेसन रकम दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरका तत्कालिन जिल्ला प्राविधिक कार्यालय प्रमुख लालु गिरीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । भोजपुर-टक्सार-कोट-गगने-लेखर्क सडक …