गाजियावाद दुर्घटनामा मृतकको संख्या २५ पुग्यो, ठेकेदार फरार

गाजियावाद दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । मलामी गएका मानिसहरु वर्षातपछि ओत लाग्न निर्माणधीन भवनभित्र छिरेका थिए । तर अचानक भवनको छत खस्दा ओत लाग्न गएकाहरु त्यहीँभित्रै पुरिएका थिए ।  उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा संलग्न सबैलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।  यो घटनामा भवन निर्माण गर्ने ठेकेदार, नगरपालिकाका कार्यकारी अधिकृतलगायत कैयौं विरुद्ध उजुरी दर्ता गरिएको छ । यस घटनामा इन्जिनियर र भवन हेर्ने सुपरभाइरजलाई पक्राउ गरिसकेको छ ।  गाजियावाद प्रहरीले ...