नेपालकै पहिलो खुल्ला चिडियाखानाको शिलान्यास

बारा : मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपालकै पहिलो खुल्ला चिडियाखानाको निर्माण कार्य सुरु भएको छ।वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका ३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राणी उद्यान चिडियाघरको बिहीबार शिलान्यास गरेका हुन्।सो अवसरमा मन्त्री यादवले वन क्षेत्रको जग्गा चाहे जति उपलब्ध हुने यो स्थानमा नेपालकै पहिलो खुल्ला चिडियाखाना बनाउन आफू लागिपरेको बताए। पर्साको सबैया साझेदारी वन क्षेत्रमा चिडियाखाना बनेसँगै मधेश प्रदेश र तराई क्षेत्रकै पर्