चितुवाको आक्रमणमा एक घाइते, गोली हानेर मारियो चितुवा

चितुवाको आक्रमणमा परेर स्याङ्जाको् गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते भएका छन् ।   स्थानीय खड्कबहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नाका साथै मानिसलाई समेत घाइते बनाएपछि वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर सो चितुवाको मृत्यु भएको छ ।  बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षति नहोस् भनेर चितुवालाई गोली हानिएको प्रहरीको भनाइ छ । घाइते विक ...

सम्बन्धित सामग्री

कालिज फार्ममा पसेको चितुवा दुई दिनपछि नियन्त्रणमा

दोलखा ।  दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–७ मकैवारीमा रहेको कालिज फार्ममा शनिवार राति पसेको चितुवालाई सदर चिडियाखानाबाट आएको टोलीले दुई दिनपछि सोमवार नियन्त्रणमा लिएको छ । सदर चिडियाखानाबाट आएको विज्ञ टोली र डिभिजन वन कार्यालयको टोलिले संयुक्त रुपमा डाटिङ विधि (गोली हानेर वेहोस बनाउने) बाट चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय चरिकोटका प्रमुख थीर बहादुर […]