काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले निजगढ विमानस्थल निर्माण नगर्ने हो भने सरकारले अधिग्रहण गरेका जग्गा भूमाफियाले कब्जा गरेर सिध्याउने बताएका छन्। विमानस्थलका लागि १ सय १० बिघा जमिन अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा जमिन सरकारले अधिग्रहण गरिसकेको उनको भनाइ छ। 'नागरिक उड्डयन प्राधिकरणले मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी पैसा खर्च गरिसकेको छ, त्यहाँ अहिले जसले विमानस्थल बनाउनुहुँदैन भनेका छन्, तिनीहरुले भूमाफियासँग मिलेर सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण गरिरहेका छन्।' उन