काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिन नहुने बताएका छन्।बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताए। उनले सरकारको यो पहलकदमीका लागि संसद्को खबरदारी र सहयोग आवश्यक रहेको पनि बताए। उनले सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न आग्रह समेत गरे।सांसद शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्य स