स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृह सचिव भट्टराई

काठमाण्डाै – गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा काम गराउन गृह प्रशासन तयार रहेको बताउनुभएको छ । आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताउनुभएको हो । उहाँले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे । उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीहरूलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रश...