घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै ८.९० अंक बढ्यो नेप्से, १ अर्ब ३२ करोड बराबरको शेयर खरीदविक्री

जेठ ४, काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक बढेर बन्द भएको छ । परिसूचक ८ दशमलव ९० अंक बढेर २ हजार २७४ दशमलव ४२ विन्दुमा पुगेको हो ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर २७ हजार ५७ पटकमा रू. १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ बराबरको शेयर खरीदविक्री भएको छ ।  बुधवार बजार खुलेको केही बेरसम्म घटेको थियो भने पछि तलमाथि हुँदै अन्त्यमा बढेर बन्द भएको छ । मंगलवार नेप्से परिसूचक ८४ दशमलव ९० अंक घटेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित हुँदा बुधवार बजार बढेको छ ।  अब विस्तारै विकास खर्च हुने र वित्तीय प्रणालीमा तरलता सहज हुन सकेमा पूँजी बजारमा सकारात्मक प्रभाव पर्ने  जानकारहरु बताउँछन् । यद्धपि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको बारेमा राम्रो सँग आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेकोमा प्रतिफल प्राप्त हुने देखिन्छ ।  कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये राधी विद्युत् कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ६ दशमलव शून्य २ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६५२ पुगेको हो । यस कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै लगानीकर्ताको आकर्षण परेको हो । त्यसैगरी दोस्रोमा सिनर्जी पावर डेभलपमेण्टको शेयरमूल्य ५ दशमलव ९१ प्रतिशत वृद्धि भएर रू. ३९४ पुगेको छ ।  बुधवार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १ दशमलव ३० कायम भएको छ । त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४ दशमलव ३९ प्रतिशत घटेर रू. ४५७ मा झरेको हो ।  सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको रू. ५ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२१ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको रू. ४ करोड ९५ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २५ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ४१ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशत घटेको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ ।  समूहगत परिसूचक बढ्नेमा अन्य समूहको शून्य दशमलव ७६ प्रतिशत, लघुवित्त समूहको  शून्य दशमलव शून्य १ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६६ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव शून्य ८ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ३० प्रतिशत, वित्त समूहको १ दशमलव १२ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ४२ प्रतिशत र बैंकिङ समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशतका दरले बढेको हो । 

सम्बन्धित सामग्री

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं, १३ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ अंमा रोकिएको हो । यसैगरी, आज २५ लाख ८९ हजार ९९७ कित्ता शेयर खरिद विक्रि हुँदा नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ […]

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य […]

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन […]

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से

काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीको १२ हजार ८०६ कित्ता शेयर रू। ६६ लाख ५९ हजारमा खरीदविक्री भएको हो । प्रिओपन […]

प्रि ओपनमा १.९२ अंकले बढ्यो नेप्से

काठमाडौं, १८ फागुन । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेको छ । ०.०७ प्रतिशतले बढेको नेप्से २६१२.५१ को विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर […]

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]