विश्वको शक्तिशाली देश अमेरिकामा नेपाली समुदायको पनि बैंक होस्, भन्ने पाँच वर्ष अगाडि देखिएको सपनाले अहिले साकार रुप लिएको छ। एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) लाई अमेरिकी केन्द्रिय सरकार अन्तर्गत नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले बैंकिङ कारोवार संचालनको अनुमति दिएसँगै अहिले नेपालीमा उत्साह छाएको छ।