बाँकेमा एक वृद्धाको हत्या

बाँकेको कोहलपुर नगरपालिका–११, एकतानगरमा एक वृद्धाको हत्या भएको छ ।  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले  एकतानगरकी  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।  उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र  हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए ।  घटनाको अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।