सिन्धु विकास बैंकबाट सेवा लिन चाहने सबै ग्राहकहरूले फिनिक्स क्यापिटलद्वारा सञ्चालित डिजिटल मार्केट प्रणाली कर्जाबजार डटकमअन्र्तगत प्रदान गर्ने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्न सक्ने जनाएको छ ।
सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताअन्र्तगत बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका वेरोजगार व्यक्तिलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार व्यवसाय वृद्धि गर्न प्रति […]
काठमाडौं (अस) । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् ।
बिहीवार सम्पन्न उक्त सम्झौता अनुसार बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई व्यापार व्यवसाय गर्न व्यक्तिगत २ लाख तथा समूहगत ३० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ ।
बैंकले बेरोजगार युवालाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महीनाका लागि कर्जा उपलब्ध गराउनेछ । कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बीमा समेत गरिदिने व्यवस्था छ । साथै कर्जाको साँवा तथा ब्याज समयमै तिर्ने असल ऋणीलाई तिरेको ब्याजको ६० प्रतिशतसम्म अनुदान फिर्ता समेत गरिदिनेछ ।
सिन्धु विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।