हरियो खुर्सानी भिजाएको पानी पिएपछि भाग्छन् यी रोगहरू

हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् । हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएको रिसर्चहरूले दाबी गर्ने गएका छन् । यहाँ हरियो खुर्सानीले गर्ने फाइदाहरूका बारेमा केही चर्चा गरिनेछ । हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ । यसले ...

सम्बन्धित सामग्री

पायल्स रोगीले खुर्सानी खान हुन्छ कि हुँदैन ?

काठमाडौं । पायल्सको समस्या झेलिरहेकाले खुर्सानी खान हुन्छ ? यसबारे धेरै अलमल छ । खासगरी पेट र मलद्वारको समस्या हुँदा खुर्सानी अरु बढी हानिकारक हुने आम बुझाइ छ । हामीले यही जिज्ञासा राखेका थियौं आयुर्वेदिक चिकित्सक विजेन्द्र शाहसँग । उनी पायल्ससम्बन्धी रोगको उपचार गर्दै आएका छन् । डा. शाहको जवाफ छ, ‘पायल्सको समस्या बढ्नुमा खानपान […]

पीरो भनेकै अकबरे खुर्सानी

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ अकबरे खुर्सानी भनेपछि हुरुक्कै हुन्छिन् । उनी भन्ने गर्छिन्, ‘भातसँग अकबरे खान एकदमै मन पर्छ । प्रायजसो त म अकबरे खुर्सानी बोकेरै हिंड्थें ।’ त्यसो त गायक उदय सोताङ पनि अकबरे खुर्सानी असाध्यै रुचाउँछन् । उनी भन्छन्, ‘अकबरे छ भने खानाको स्वाद दोब्बर बढ्छ ।’ उनी अक्सर खानामा अकबरे छुटाउँदैनन् […]

भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् ।भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ । त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपाल

भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

१३ असार, भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने […]

सोलुखुम्बुबाट १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी निर्यात

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ । वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खुर्सानी पूर्वको धरान, मोरङसहित काठमाण्डौलगायतका सहरमा उच्च माग छ । खुर्सानीको माग बढेसँगै राम्रो आम्दानी हुने हुँदा किसान व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् । सोलुखुम्बुको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिक...

व्यापार छाडेर खुर्सानी खेतीमा रमाउँदै भट्ट

२ मंसिर, गोरखा। गण्डकी गाउँपालिका–४ फुजेलका जीतबहादुर भट्टको बारीमा अहिले धमाधम अकबरे खुर्सानी टिप्ने बेला भएको छ । उनले २०७६ चैतमा ११७ रोपनीमा लगाएको खुर्सानी टिप्न दिनमा १० जना खटिन्छन् । सबै खुर्सानी मुग्लिनको थ्रीसिस्टर अचार कम्पनीमा बिक्री गर्छन् । ‘वाईवाई कम्पनीले मागेको थियो, उनीहरुको माग अनुसार दिन नसक्ने भयौ, अहिले मुग्लिनमा बेच्दै आएका छौं, […]

छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित

तेह्रथम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १ रोपनीदेखी ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन । परम्परगत खेतीले खान समेत धौ धौ हुने अवस्थाका किसानको जीवन स्तरमा खुर्सानी खेतीले सुधार भएको […]

खुर्सानी सेवन स्वास्थ्यका लागि ठिक कि बेठिक ?

हामीले खाने खुर्सानीका सम्बन्धमा समुदायमा विभिन्न धारणा सुन्ने गरिन्छ । कुनै पनि रोग लाग्दा र खासगरी पेटसम्बन्धी रोग लागेमा पिरो, चिल्लो र अमिलो खानु हुँदैन भन्ने मान्यता नै स्थापित भएको छ । तर जे भए पनि खुर्सानी बिना खानाको स्वादै नहुने खुर्सानी पारखीहरूको भनाइ छ । यसबाट के बुझ्न सकिन्छ भने खुर्सानी हाम्रो दैनिक खानामा समावेश गर्नैपर्छ अन्यथा खाना खानाजस्तो हुँदैन । खुर्सानी पारखीहरू खुर्सानी नखाए पनि हेरेर चित्त बुझाउन खाना खाने ठाउँमा हरिया वा राता खुर्सानी राख्न मन पराउँछन् । कसैले अति

खुर्सानी खानुका फाइदा

अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो