सिरहामा सलहेश पर्यटकीय सर्किट बन्दै

भ्रमण वर्ष–२०२० लाई लक्ष्य गरी प्रदेश २ सरकार र स्थानीय सरकारले सिरहा जिल्लालाई सलहेश पर्यटकीय सर्किटको रूपमा विकास गर्न लागेको छ । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फूल फुल्ने सिरहाको सलहेश फूलबारी क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेपछि सिरहा जिल्लालाई सलहेश सर्किटको रूपमा विकास गर्न लागिएको हो ।