६ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले लगातार उठाइरहेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार जवाफ दिएका थिए । तर प्रधानमन्त्रीको जवाफमा चित्त नबुझाएको कांग्रेसले […]