जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिता विरुद्ध परेको रिटमाथि भ्याकेट निवेदन बोकेर निर्वाचन आयोग सर्वोच्च अदालत पुगेको छ । मंगलबार निर्वाचन आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो । यसअघि निर्वाचन आयोगले स्रोत र साधनको दुरुपयोग हुनसक्ने भन्दै स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै निर्वाचनमा उम्मेदवार बन्न पाउने आचारसंहिता लागू गरेको थियो । तर उक्त आचारसंहिता विरुद्ध सिन्