कालोबजारीका आरोपी उद्योगपति अग्रवाल सात दिन हिरासतमा रहने

स्वास्थ्य सामग्री विक्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगपति शुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन हिरासत राखी अनुसन्धान गर्न अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभियुक्त अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो । ज्वरो नाप्ने थर्मल गन विक्रीमा कालोबजारी गरेको अभियोगमा अग्रवाललाई मङ्गलबार नक्सालबाट पक्राउ गरिएको थियो ।