छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा ११ सय बढी लाभान्वित

कर्णाली प्रदेशमा सञ्चालन भएको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट हालसम्म एक हजार एक सयभन्दा बढीले छात्रवृत्ति पाएका छन् ।प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरेको उक्त कार्यक्रमबाट १० जिल्लाका एक हजार १५२ जना लाभान्वित भएका हुन् । साामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय तथा यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ । […]