सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेसँगै देश चुनावमा केन्द्रित भएको छ ।
जनप्रतिनिधि चुन्ने दिन आउन अब झण्डै तीन महिना बाँकी छ । २०७४ सालमा तीन चरणमा भएको चुनावबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ पाँच गते सकिँदैछ । बितेका साढे चार वर्षमा स्थानीय सरकारको नेतृत्व गरेका केही जनप्रतिनिधिको अनुभव :
इच्छाकुमारी गुरुङ
उपमेयर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा
देशमा लामो समयसम्म स्थानीय चुनाव नभइरहेको अवस्थामा २०७४ सालमा भएको स्थानीय चुनावबाट उपमेयरमा निर्वाचित&...