विमला र रेणुकालाई गुञ्जन

गुञ्जन नारी साहित्य संस्थाले २०७३ को गुञ्जन प्रतिभा पुरस्कार कवि विमला तुम्खेवालाई प्रदान गर्ने भएको छ । गुञ्जन बहुभाषी स्रष्टा सम्मानचाहिँ राई भाषाकी सर्जक रेणुका बहिङ राईलाई प्रदान गरिने गुञ्जन अध्यक्ष गीता केशरीले विज्ञप्तिमा उल्लेख गरेकी छन् । १०/१० हजार रुपैयाँ रहेका दुवै सम्मानको हस्तान्तरण गुञ्जनको वार्षिकोत्सवमा गरिनेछ ।